नेप्सेमा तिब्र उत्तरचडाबपछि अन्तिममा रातो भएर बन्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– तिब्र उत्तरचडाबको बिचमा आज सेयर बजार अन्तिममा रातो भएर बन्द भएको छ । अघिल्लो दिनको उच्च मनोबललाई पछ्याउँदै ३२ अंक बढेको २२ सयको विन्दुलाई पार गरेको परिसूचक कारोबन्द हुँदा २१ सय ७३ मा सिमित छ । बुधबार करिब ५ अर्बको सेयर किनबेच भएको हो। अघिल्लो दिन पौने ४ अर्बको कारोबार भएको छ । ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएपछि रिडी पावर कारोबारको शिर्ष स्थानमा छ । बुधबार ३५ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको हो । कम्पनीको सेयर २० रुपैयाँ अर्थात् झन्डै साढे ३ प्रतिशत बढेको छ।
प्रमुख परिसूचक घटेतापनि विकास बैंक र जलविद्युत उपसमूह भने बढेका छन्। चार वटा हाइड्रो कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो।

प्रतिक्रिया दिनुहोस्

TAGGED: