आज तीन लघुवित्तको लाभांश प्रस्ताव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
सोमबार तीन लघुवित्त कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेका छन्। नयाँ सारथि लघुवित्त, इन्फिनिटी लघुवित्त र सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेका हुन्।

नयाँ सारथि लघुवित्तले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। १९ प्रतिशत बोनस सेयर र बाँकी १ प्रतिशत कर प्रयोजनका लागि र इन्फिनिटी लघुवित्तले पनि २० प्रतिशत नै लाभांस लिने प्रस्ताव गरेको छ । लघुवित्तले बोनस सेयर मात्रै प्रस्ताव गरेको हो। यसमा कर भने लागने छैन। मर्जरका कारण लघुवित्तले कर छुट पाएको छ । सपोर्ट लघुवित्तले भने ११.८ प्रतिशत दिने प्रस्ताव गरेको हो । ११ प्रतिशत बोनस सेयर दिँदैछ । प्रस्तावित लाभांश राष्ट्र बैंक र साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

Array