नेप्से परिसूचकमा २१.३४ अंकको गिरावट, ७ अर्ब ६५ करोडको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सेयर बजारमा तीव्र उतारचढावबीच बजार परिसूचक नेप्से ०.९६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ९९.४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे ७ अर्ब नाघेको छ ।

मंगलबार बजार परिसूचक नेप्से २१.३४ अंकले घटेर २१९०.४२ अंकमा बन्द हुँदा ‘इन्ट्रा–डे’ कारोबारमा नेप्से २२७७.६१ को उच्च बिन्दु २१७८.१९ अंकसम्म झरेको थियो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धिका बाबजुत अधिकाम्स उपसूचकमा गिरावट हुँदा नेप्सेमा पनि गिरावट भएको छ ।

बैंकिङ उपसूचक ०.६० प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ४.३१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.४१ प्रतिशतले गिरावट भएको छ । गत बिहीबार, आइतबरा र सोमबार लगातार ३ कारोबार दिन ५ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार कारोबार रकम बढेर साढे ७ अर्ब नाघेको छ । कुल १ लाख ९ हजार ९६७ वटा कारोबारमा २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ८८ लाख २४ हजारको कारोबार भएको छ । जसमध्ये ङ्यादी ग्रुप पावरको २१ करोड २१ लाख १ हजारको कारोबार भएको छ । त्यस्तै अपी पावरको २० करोड ६७ लाख ९ हजार र रिडी पावरको १८ करोड १५ लाख ३३ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: