कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ पुष २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – कालिञ्चोक दर्शनले आगामी माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ।  कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो।

सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

- Advertisement -
Ad imageAd image
यस्तै २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा माघ ६ गते हुनेछ। उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि माघ १७ गतेसम्म थप हुनेछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्