चालु पुँजी कर्जाको ‘मागदर्शन’ तत्काल लागु नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौं–
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाको मागदर्शन लागु नगर्ने सम्भावना बढेको छ । उक्त अडानबाट  बैंक पछि हटि पुराना ऋणको हकमा समय थप गर्ने भएको छ । त्यसका लागि केही दिनभित्र राष्ट्र बैंकले पुरानो व्यवस्था परिवर्तन भएको निर्देशन जारी गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रका संस्थासँग छलफल र उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको विष्णु पौडेल बिचको छलफलबाट चालु पुँजीको कागदर्शन कार्यन्वयन गर्नबाट पछि हट्ने कुरा भएको जानकारी दिएको छ ।
केन्द्रीय बैंकबाट चालु पुँजी कर्जामा पुरानो हकमा कार्यान्वयन गर्न समय दिने र नयाँ हकमा मागर्दशन लागु हुने खालको आश्वासन पाएको सोमबार गभर्नर अधिकारीलाई भेटेका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए ।
आइतबारको व्यावसायिक संस्थाको नेतृत्वसँगको भेटमा गभर्नर अधिकारीले व्यवसायीलाई राहत दिएको बताए । सो अन्तर्गत मौद्रिक नीतिको त्रैमासिक समीक्षाबाट स्प्रेडदर घटाउने नीति लिएको तथा बैंकहरुले बढाएको प्रिमियमसमेत फिर्ता गर्न लगाएको स्मरण गराएका थिए । व्यवसायीलाई परेको असजिलोलाई फुकाउन तयार रहेको भन्दै मिलेर जाने बताए । कात्तिक १ देखि राष्ट्र बैंकले चालु पुँजी कर्जाको मागदर्शन लागु गरेको थियो ।
सरकार परिवर्तन भएको एकसातापछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रका संस्थासँग छलफल गरेका थिए । छलफलमा गभर्नर अधिकारी चालु पुँजी कर्जाको व्यवस्था कार्यान्वयन गर्न पुराना ऋणको हकमा समय थप गर्न सहमत भएका छन् । व्यवसायीका संस्थाहरुले चालु पुँजी कर्जाको व्यवस्था ठिक भए पनि अहिले व्यापार घटेको बेला कार्यान्वयन गर्दा समस्या हुने बताउँदै आएका थिए ।

आइतबारको व्यावसायिक संस्थाको नेतृत्वसँगको भेटमा गभर्नर अधिकारीले व्यवसायीलाई राहत दिनको लागि मौद्रिक नीतिको त्रैमासिक समीक्षाबाट स्प्रेडदर घटाउने नीति लिएको तथा बैंकहरुले बढाएको प्रिमियमसमेत फिर्ता गर्न लगाएको अवगत गराएका थिए । उनले आफू व्यवसायीलाई परेको असजिलोलाई फुकाउन तयार रहेको भन्दै मिलेर नै जानुपर्ने बताएका थिए । कात्तिक १ देखि राष्ट्र बैंकले चालु पुँजी कर्जाको मागदर्शन लागु गरेको थियो ।

कात्तिक १ अगाडिसम्म बैंक तथा वित्तीय संस्थाले चालु पुँजी कर्जा जग्गा धितोमा राखेरसमेत ऋण दिन सक्ने व्यवस्था गरेको थियो । तर, केन्द्रीय बैंकले यो व्यवस्था मागदर्शनबाट हटाएको छ । यसको लागि केन्द्रीय बैंकले चालु पुँजी कर्जा ऋणीको चालु पुँजीको कर्जा सुरक्षणको लागि आवश्यक पर्ने चल सम्पत्तिको मात्रा तथा मार्जिन स्पष्ट खुलाउनु पर्ने उल्लेख थियो । यसको लागि अचल सम्पत्ति मान्य नहुने व्यवस्था मागदर्शनमा थियो ।

दुई करोडसम्मको कर्जाको लागि बिक्रीको २० प्रतिशतसम्म मात्र रकम कर्जा दिने व्यवस्था थियो । दुई करोडभन्दा बढी रकमको कर्जाको लागि कारोबारको २५ प्रतिशतसम्म रकम दिन सकिने व्यवस्था थियो । चालु पुँजी कर्जा भन्नाले व्यवसाय चलाउनको लागि कारोबारको आधारमा अल्पकालीन अवधिको लागि दिइने बुझिन्छ । बैंकले जग्गा धितो राखेर विगतमा चालु पुँजी कर्जा दिने र सो कर्जा घरजग्गा तथा सेयर बजारमा व्यवसायीले लगानी गर्ने गरेका थिए । यो विकृतिलाई हटाउन केन्द्रीय बैंकले कडाइ गरेको थियो । यस्तो व्यवस्थाको विरोध व्यवसायीले गर्दै आएका छन् । यस विषयमा परिवर्तन गर्ने नगर्ने सम्बन्धमा अझै पनि राष्ट्र बैंकको स्पष्ट देखिएको छ्रैन् ।

प्रतिक्रिया दिनुहोस्

Array