रोहित पौडेलको कप्तानीमा टी-२० विश्वकप क्रिकेट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा, को को परे ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । घरेलु मैदानमा जारी वेष्ट इण्डिज एविरुद्धको खेलमा गरेको प्रदर्शनका आधारमा क्यानले १ खेलाडी थप गरेको छ।

टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array