भारतीय सर्वोच्च अदालतद्वारा नोटबन्दी गर्ने सरकारी निर्णयको पक्षमा फैसला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले लगाएको प्रतिबन्धलाई सदर गरेको छ ।

पाँच सदस्यीय इजलासका चार जना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६ मा उक्त दरका नोट खारेज गर्ने निर्णयको पक्षमा फैसला गरेका हुन् । इजलासकी सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् ।

सरकारको उक्त निर्णय आर्थिक नीति भएकोले उल्ट्याउन नसकिने अदालतको फैसलामा उल्लेख छ ।

नोटबन्दीविरुद्ध सर्वोच्च अदालतमा उजुरी परेको थियो । सरकारले नोटबन्दीको सान्दर्भिकता पुष्टि गरे नगरेको भने प्रष्ट हुन सकेको छैन् ।

कालो धन र राजस्व छली नियन्त्रण गर्न भन्दै मोदी सरकारले ५०० र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array