आजको मौसम: आंशिक बदली रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो रहेको छ ।

आज दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार आज राति प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्स र कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै भइरहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

हाल नेपालको पूर्वी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array