आजको मौसम : तराईमा हुस्सु, पहाडका केही ठाउँमा बदली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ। त्यसबाहेक बिहानको समयमा तराई भू(भागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ। तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array