शेयर बजारमा दोहोरो अंकको गिरावट, रिडीको कारोबार उच्च

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज  नेप्से सूचक २४.४६ अंकले घटेर १९३८.७६ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका मध्ये २४० कम्पनीका ४१ लाख २७ हजार २ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ ६३ पैसा बराबरको कारोबार भएको छ । जस मध्ये रिडी हाइड्रोको सर्वाधिक ३० करोड  ८३ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको २० करोड २३ लाख, नबिल बैंकको ८ करोड ४७ लाख, हिमालयन डिस्टिलरीको ७ करोड ३८ लाख तथा नेष्डो समृद्ध लघुवित्तको ३ करोड ७१ लाखको कारोबार भएको छ   ।

आज कारोबारमा आएका मध्ये सयपत्री हाइड्रोको शेयर मूल्य सर्वाधिक ३.१२ प्रतिशतले बढेको छ । त्यस्तै आज अजोड इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । आज कारोबारमा आएका मध्ये १४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

4

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: