५ हाइड्रोपावरलाई ४ अर्बको आईपीओ निष्कासन गर्न अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ  – नेपाल धितोपत्र बोर्डले पाँच वटा जलविद्युत् कम्पनीलाई ३ अर्ब ९८ करोड रुपैयाँको ३ करोड ९८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले पछिल्लो समय एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

५ वटा कम्पनीमा ४ वटाले आयोजना प्रभावित र सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएका छन् ।

एशियन हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ करोड रुपैयाँको ३४ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

यस्तै सुपरमाई हाइड्रोपावरलाई पनि आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५० करोड रुपैयाँको ५० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लगेको हो यसेको विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सुपर मादी हाइड्रोपावर कम्पनीले २ अर्ब १० करोड रुपैयाँको २ करोड १० लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ ल्याउने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब रुपैयाँको १ करोड कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीकोे बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

शुभम् पावर कम्पनीले ४ करोड रुपैयाँको ४ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: