निर्वाचनपछिको पहिलो दिन नेप्सेमा गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
चुनावपछि बढ्ने आशा गरिएको शेयरबजार मंगलबार ७.१३ अंकले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा १९२९.७० विन्दुमा आएर अडिएको छ । अब भने लगानी कर्ताको आशा राष्ट्र बैंकले मौद्रिक समिक्षा रहेको छ । निर्वाचन अघि डेढ अर्बभन्दा बढि हुने गरेको कारोबार मंगलबार एक अर्ब ३५ करोड रुपैयाँमा झरेको छ ।
२२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकाश समूहको उपसूचकमा गिरावट आएको छ ।
विकास बैंकको ४९।९५, होटल १७।५५, उत्पादन तथा प्रशोधन समूहको ३९।४८, माइक्रोफाइनान्स १९।४४, निर्जीबन बीमा २५।१६, अन्य समूहको उपसूचक १७।७६ अंकले घटेको छ । यस्तै बैंकिङ समूहको उपसूचक १।२६, जीवन बीमा समूहको उपसूचक २।३६ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: