राष्ट्रपति भण्डारी आइसल्याण्डबाट आज स्वदेश फिर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज शनिबार बिहान काठमाडौं आइपुगेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरेका छन् ।
विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड गएकि थिइन् । उक्त कार्यक्रममा राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानित भएकि थिइन ।

प्रतिक्रिया दिनुहोस्

Array