जहाँ जनाताको मत खरिद–विक्री हुन्छ, त्यहाँ लोकतन्त्र धनीहरुको खेलौना बन्छ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०७९, शनिबार
7 Min Read
Aa

पूजीवादी संकट र क्रान्ति
आन्तरिक संकटले मात्रैले पुँजीवादलाई समाप्त वा धराशायी पार्दैन । श्रमजीवी वर्गको सक्रिय राजनीतिक हस्तक्षेप वा क्रान्तिले मात्रै पुँजीवादलाई समाप्त पार्छ । यदि श्रमजीवी वर्ग विचारधारात्मक रुपमा सचेत, सुदृढ रुपमा संगठित र आफ्नो लक्ष्यप्रति स्पष्ट छैन् भने पुँजीवादी ब्यवस्थाभित्र आउने आर्थिक संकटले पुँजीवादलाई फेरी एकपटक नवीकरण गर्ने मौका दिन्छ । हरेक संकटले पुँजीपति वर्गको यौटा हिस्सालाई डुबाउँछ र अर्को हिस्सालाई झन् ठूलो मात्राको मुनाफा कमाउने मौका दिन्छ । उत्पादन र त्यसको वितरणको तथाकथित स्वतन्त्र बजार ब्यवस्थाभित्रको अराकता नै पुँजीवादकोे चरित्र हो । यसबारेमा माक्र्सले भनेका छन् । पुँजीवादभित्रको अराकता नै यसको नियम वा प्रणाली हो ।….छोटकरीमा भन्नुपर्दा यौटा पुँजीपतिलाई डुबाएर अर्कोले कमाउँछ ।
यसबारेमा लेनिनले भनेका छन ‘खास–खास संकटका रुप र परिस्थितिहरु फेरिन सक्छन् तर आर्थिक संकट पुँवादी प्रणालीको अनिवाई अंगको रुपमा रहिरहने छ’
माक्र्सको पालमा पुँजीवाद सामान्यतया प्रतिस्पर्धाको युगमा थियो, एकाधिकारी र अल्पधिकारी प्रवृति पुँजीवादको मूल चरित्र बनिसकेको थिएन ।  ‘टाट पल्टिने कम्पनीलाई टाट पल्टिन दिनु पर्दछ पुँजीवादको दर्शनलाई इमान्दारिताका साथ मान्ने हो भने । तर त्यस्ता टट पल्टिने कम्पनीलाई पुँजीवादी सरकारहरुले विभिन्न ढंगले उद्धार गर्न थालेपछि लेनिनले निश्कर्ष निकाले–पुँजीवादी सरकार पुँजीपति वर्गको कम्पनी सञ्चालक समितिको सदस्य हो’
महान अक्टुबर समाजवादी क्रान्ति पछि साम्राज्यवादी पुँजीवादका केन्द्रहरुमा धेरै पटक संकटहरु आए र गए तर सबै ठाउँमा सर्वहारा क्रान्ति भएनन् । श्रमजीवी वर्गले आफूलाई त्राmन्तिका लागि तम्तयार राख्न सक्यो भने मात्रै पुँजीवादी अर्थतन्त्रमा संकट आएका बेला संकटलाई क्रान्तिमा रुपान्तरण गर्न सकिन्छ । पुँजीवादी आर्थिक संकट र क्रान्तिको सम्बन्ध सरल रेखामा हुँदैन ।
पुँजीवादी संकट सम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तले बताउन खोजेको कुरा हो–पुँजीवाद जतिजति विकसित हुँदै जान्छ, संकट पनि छोटोछोटो समयमा दोहोरिन थाल्छ र हरेक संकट विगतको तुलनामा अझै बढी नोकसानदायी हुन्छ । संकट जतिसुकै गहिरो भएपनि पुँजीवाद स्वतः ढल्दैन । श्रमजीवी वर्गको संगठित प्रयत्न नभएसम्म पुँजीवादभित्र आउने आर्थिक संंकटहरुले पुँजीवादी आर्थिक व्यवस्थामा बलपूर्वक गरिएको अति उत्पादन र सीमित सामाजिक मागका बीचमा रहेको अन्तरर्विरोधलाई अस्थायी रुपमा समाधान गरिदिन्छन् । पुँजीवादमा संकटले धेरै वाष्य भरिएर फुट्नै लागेको च्याम्बरबाट वाष्पको आपतकालिन निष्कासनका लागि बनाइएको सेफ्टि भल्भको काम गर्दछ । संकटले उत्पादनलाई बलपूर्वक संकटभन्दा पहिलेको अवस्थामा पु¥यादिन्छ तथा माग र पूर्तीका बीचमा पुनःसामञ्ज्यस्यता ल्यादिन्छ ।’
माक्र्स–एंगेल्स–लेनिनको वैचारिक धार होस वा माक्र्स–रोजा– काउत्सकी–ट्राटस्की वा नव वामपन्थी धार, कुनै पनि माक्र्सवादी धारले पुँजीवादी संकट र क्रान्तिलाई सरल रेखामा हेर्दैन । क्रान्तिका लागि परिस्थितिजन्य भौतिक र क्रान्तिकारी शक्तिको नजिक ल्याउने काम गर्दैन । यदि बाघ आफैसँग तागत छैन भने उसले कमजो वा बिरामी भए पनि कुकुरलाई मोरेर खान सक्दैन । यहाँ पुप्पलालको निश्कर्ष मननयोग्य छः जनता सचेत र कार्यकर्ता संगठित हुनुपर्दछ, क्रान्ति आवश्यंभावी छ

ट्राटस्की वा नव वामपन्थी धार, कुनै पनि माक्र्सवादी धारले पुँजीवादी संकट र क्रान्तिलाई सरल रेखामा हेर्दैन । क्रान्तिका लागि परिस्थितिजन्य भौतिक र क्रान्तिकारी शक्तिको नजिक ल्याउने काम गर्दैन । यदि बाघ आफैसँग तागत छैन भने उसले कमजो वा बिरामी भए पनि कुकुरलाई मोरेर खान सक्दैन । यर्हानिर पुप्पलालको निश्कर्ष मननयोग्य छः जनता सचेत र कार्यकर्ता संगठित हुनुपर्दछ, क्रान्ति आवश्यंभावी छ ।

लेनिनले पुँजीवाद मरणशील छ कुन सन्दर्भम भनेका हुन् भने यसले साम्राज्यवादी चरण प्राप्त गरिसकेपछि त्यहाँभन्दा अगाडि विकास गर्ने ठाउँ छनै । साम्रान्यवादी चरणमा प्रवेश गरेकै कारणले पुँजीवादी युगको समाप्तीको दौर शुरु भयो । पुँजीवादी विचारधारा, अर्थतन्त्र, राजनीति, साहित्य–संस्कृति इत्यादि कुनै पनि कुरा अब मनव जातिका लागि हानिकारक प्रमाणित भैसके । न त पुँजीवादले मानव–मानवका बीचको असमानताको खाडललाई कहिल्यै पुर्न सक्छ न त यसले आम जनतालाई लोकतन्त्रको अनुभुति नै दिन सक्छ । जहाँ न्यायसमेत पैसामा खरिद विक्री हुन्छ त्यहाँ लोकतन्त्रको कुनै कल्पना पनि गर्न सकिन्न । पुँजीवादी लोकतन्त्र पुँजीपति वर्गका लागि हो–सर्वहारा–श्रमजीवी वर्गदेखि मध्यम वर्गसम्म कसैले पनि पुँजीवादी लोकतन्त्रमा स्वतन्त्रताको अनुभूत गर्न पाउँदैनन् । जहाँ जनाताको मत खरिद–विक्री हुन्छ, त्यहाँ स्वयं लोकतन्त्र धनीहरुको हातको खेलौना बन्छ ‘। यहाँनिर प्रो.एजाज अहमदलाई उद्धत गर्नु सान्दर्भिक हुनेछ ।
‘अहिले लोकतन्त्र भएका देशहरुमा हुने चुनावको दृश्य कस्तो हुन्छ भन्नेबारेमा सानो चर्चा गरौं । वैभवशाली वर्गका नेताहरुको संरक्षणका लागि फौज खडा गरिन्छ । ती नेताहरुको निजी हित हुने खालका राजनीतिक पार्टीहरु बनाइन्छ । तिनै नेताहरुको समर्थनका लागि पत्रिका, रेडियो र टेलिभिजनहरुको जाल फैलाइन्छ । जनाको मत खरिद गर्नका लागि पैसाको खोलो बगाइन्छ । त्यतिले पनि नपुगेर गुण्डाहरु ख्रिद गरिन्छ र जनताको मत अपहरण गर्न वा बूथ कब्जा गर्न लगाइन्छ । यसैका लागि प्रहरी र प्रशासन परिचानल गरिन्छ । यस्तो विसंगति र गुलामीलाई लोकतन्त्रको नाम दिइन्छ ।’
श्रमजीवी वर्गले निर्णायक प्रहार नगरिन्जेल साम्रज्यवाद ढल्ने छैन, संकटले त यसलाई नयाँ प्रविधि प्रयोग गर्न प्रेरित गरिरहने छ । श्रमिक वर्गले आफ्नो शक्ति सुदृढ गरेर कडा प्रहार नगरुन्जेल पुँजीवादमाथि आउने हरेक संकट आम जनतामाथि नै थोपरिने छ । बुढो भएर धोद्रिएको रुख पनि बन्चरोको प्रहार नपरिन्जेल अस्तित्वम लामै समयसम्म रहिरहन सक्छ ।
अहिले विश्व स्तरमै श्रमजीवी आन्दोलन रक्षात्मक अवस्थाम रहेको देखिन्छ । कतै–कतै वामपन्थी उग्रताका छिटफुट गतिविधि देखिन्छन् र हराउँछन र झनै निराशा सिर्जना गर्दछन् । अधेरी रातमा एक निमेषका लागि देखिने उल्का समापत भएपछि झन् गहिरो अँध्योरो देखिएजस्तै । यसैले साम्रज्यवादका विरुद्ध गरिने उग्रवादी आन्दोलनले स्वयं समाजवादी लक्ष्यलाई टाढा धनेल्ने गरेको देखिएको छ, स्वयं नेपाल यस कुराको पत्यक्ष साक्षी रहेको छ । अर्कोतिर बुर्जुवा सुधारवादी भास (धाप वा दलदल) ले पनि श्रमजीवी आन्दोलनलाई कमजोर बनाइरहेको छ । अनावश्यक उग्रताको बाटोबाट टाढा रहँदै र बुर्जुवा सुधारवादी दलदलबाट जोगिँदै श्रमजीवी आन्दोलनले आफूलाई आक्रामकढंगले अगाडि बढाउनु पर्ने आवश्कता छ । श्रमजीवीका पक्षमा कुनै सहानुभूति देखाउँदैन । संघर्षबाट मात्रै श्रमजीवी वर्गले आफ्नो अधिकारहरुको दायरा बढाउँदै लगेको छ ।

स्रोत: डा.विजयकुमार पौडेलबाट लिखित माक्र्सवादी अर्थशास्त्रको पृष्ठभूमि, उद्भव र विकास उल्लेख गरिएको छ । सोहि किताबबाट ‘पुँजीवादी संकट र क्रान्ति’ शिर्षकबाट लिएर प्रस्तुत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्