चुनावी तालमेल नभएको ठाउँमा मित्रवत प्रतिस्पर्धाका लागि गठबन्धनको अपिल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सत्ता गठबन्धनले चुनावी तालमेल गर्न नसकेका स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। शुक्रवार विज्ञप्ति जारी गर्दै सबै ठाउँमा चुनावी सहकार्य हुन नसकेका कारण मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनले निष्कर्ष निकालेको हो।

“केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने गरि तय गरिएको छ ती स्थानहरुमा एक आपमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ,” गठबन्धनले भनेको छ।

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पनि अपिल गरिएको छ। गठबन्धनका उम्मेदवारको सूची सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ।

गठबन्धनमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। चुनावी तालमेलमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको भने हस्ताक्षर छैन्।

प्रतिक्रिया दिनुहोस्

Array