अस्ट्रेलिया र इङ्ल्यान्डबीचको खेल पनि रद्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – आईसीसी टी–२० विश्वकपमा शुक्रबार तय भएको इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल पनि वर्षाका कारण रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा हुने तय भएको खेल वर्षाका कारण टससमेत नभएर रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक बाँडेका छन् । सुपर–१२ को समूह–१ मा रहेको इङ्ल्यान्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

- Advertisement -
Ad image

समान खेलबाट दुई अंक जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ । समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

वर्षाका कारण टससमेत नभई रद्द भएको यो तेस्रो खेल हो । यसअघि बुधबार हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल र आजै मेलबर्नमा हुने तय भएको अफगानिस्तान र आयरल्यान्डबीचको खेल पनि वर्षाका कारण टससमेत नभई रद्द भएको थियो ।

त्यसअघि, सोमबार जिम्बाब्वे र दक्षिण अफ्रिकाबीचको खेल पनि वर्षाका कारण बीचमा रद्द हुँदा बुधबार आयरल्यान्डले इङ्ल्यान्डलाई डीरएल पद्धतिअनुसार पाँच रनले पराजित गरेको थियो ।

प्रतियोगितामा शनिबार समूह–२ कै न्युजिल्यान्ड र श्रीलंका भिड्दैछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्