वरिष्ठ पत्रकार कौशल पाण्डेको निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – हेटौंडाका वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार साँझ निधन भएको छ। हेटौंडा–४ कमलडाँडास्थित निवासमा ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।

उनको लिभर सिरोसिसको कारण केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो। परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल रहेको थियो। उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन्।

- Advertisement -
Ad image

पत्रकार महासंघ, मकवानपुरका पुर्व अध्यक्ष पाण्डे हेटौडाबाट प्रकाशित हुने प्रयास अर्ध साप्ताहिकलगायतको पत्रिकाको सम्पादनको भुमिकामा रहेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्