मकवानपुर भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको बुधबार राति भीरबाट लडेर मृत्यु भएको छ । देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीरबाट लडेर मृत्यु भएको हो ।
लडेर गम्भीर घाइते भएका गोलेको उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको उपचारका करामामा अस्पतालमानै मृत्यु भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले गोरक्षपोस्टलाई बताए ।


प्रतिक्रिया दिनुहोस्