काठमाडौँ – देशको शक्तिशाली सेनाको आलोचकका रूपमा चिनिएका पाकिस्तानका एक चर्चित पत्रकार अरशद शरीफको केन्यामा हत्या भएको छ । पाकिस्तान छाडेको दुई महिनामा नै उनको हत्या भएको हो । शरिफकी पत्नी जाभेरिया सिद्धिकीले ट्वीट गर्दै उनको हत्या भएको जानकारी दिएकी छिन् ।
उनीमाथि देशद्रोहसहितका मुद्दा लगाएपछि पक्राउ पर्नबाट जोगिन ४९ वर्षीय पत्रकारले गत अगस्तमा मात्र पाकिस्तान छाडेका थिए । पूर्व प्रधानमन्त्री इमरानका खानका सहयोगी शहबाज गिलसँगको अन्तरवार्तामा गिलले सेनाविरुद्ध कथितरुपमा आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको थियो ।
एजेन्सी


प्रतिक्रिया दिनुहोस्