सिरहामा फेन्सी पसलमा आगलागी, समान जलेर नष्ट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सिरहाको गोलबजारमा एक फेन्सी पसलमा आगलागी हुँदा लाखौं रुपैयाँको सामान जलेर नष्ट भएको छ । गोलबजार नगरपालिका ४ मूख्य चोकको दोस्रो तल्लामा रहेको फेसन हबमा आगलागी हुँदा करिव ७० लाखको कपडालगायतका धनमाल जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलको डेकुरेशन, फेन्सी आइटम लगायतका सामग्रीहरु जलेर नस्ट भएको संचालक राम किशोर यादवले जानकारी दिए । उनले पसलमा करिव एक करोड बराबरको सामान जलेर नष्ट भएको जनाए ।

- Advertisement -
Ad imageAd image

आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए । प्रहरीले क्षतिको सम्पूर्ण विवरण नआएपनि प्रारम्भिक विवरण अनुसार करिव ७० लाखको क्षति भएको हुनसक्ने जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्