तिहारमा मिष्ठान्न: मिठाईले बिगार्ला स्वास्थ्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ  – तिहार सुरु भइसक्दा बजारमा मिठाइ किन्नेहरुको भीड लाग्न थालेको छ। भाइ मसलाका लागि मिठाइ पछिल्लो समय अनिवार्यजस्तै भइसकेको छ। तर मिठाइको साटो ओखर, काजु, बदाम, पिस्ताजस्ता खानेकुराहरु भाइ मसलामा बढाएर दिन सकिने डाक्टरहरु बताउँछन्।

मिठाइ किन खान नहुने ?
मिठाइ किन्नुभन्दा पहिला मिठाइको गुणस्तर कस्तो छ, त्यो थाहा पाउन जरुरी हुन्छ। बजारमा पाइने धेरैजसो मिठा‍इ गुणस्तरहीन हुने ।

- Advertisement -
Ad image

धेरैजसो मिठाइहरु बन्ने भनेको चिनी र दुधबाट नै हो। तर त्यहाँ दुध मात्र नभएर कतिपय ठाउँमा ‘अट्रिफिसियल पाउडर’हरु मिसाएर चिनीको मात्रा अत्याधिक प्रयोग गरिएको हुन्छ। मिठाइको तौल बढाउनका लागि चिनीको मात्रा धेरै प्रयोग गरको पाइन्छ।’

त्यस्तै मिठाइलाई राम्रो देखाउनका लागि विभिन्न रंगहरुको प्रयोग गरिएको हुन्छ। मिठाइमा प्रयोग हुँदै आएका रंगहरु केही मिठाइ पसलहरुले मात्र ‘फुड ग्रेड’को रंग प्रयोग गर्ने गरेको पाइन्छ।

फुड ग्रेड’को रंग प्रयोग नगरी अन्य रंगको प्रयोग भएको खण्डमा त्यो स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ। मिठाइलाई आकर्षक बनाउनका लागि विभिन्न चिजको प्रयोग गर्ने गरेको पाइन्छ। त्यसमध्ये एक हो, सिल्भर।

मिठाइमा प्रयोग गरिने चाँदी वा सिल्भर कुनै पनि मिठाइमा ‘ओर्जिनल’ प्रयोग गरिएको हुँदैन। उनीहरुले प्रयोग गर्ने भनेको आल्मुनियम हो।

केसरको प्रयोग
सामान्यता केसर मूल्यको साढे ३ लाखदेखि ४ लाखसम्म छ। नेपालमा केसर भनेर जति प्रयोग भइरहेको छ, त्यो नक्कली हो।

‘केसरको जस्तै कुनै एउटा बोट हुन्छ, त्यसलाई पहेंलो रंगमा भिजाएर सुकाएर केसरको रुपमा प्रयोग गर्ने गरिएको छ।  त्यसैले चार्डपर्वका बेला नक्कली खानेकुराहरुबाट जोगिन अन्यन्तै जरुरी  छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्