लक्ष्मीपूजामा १३०५ मेगावाटसम्म बिजुली खपत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – लक्ष्मी पूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो ।

साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मी पूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो ।

- Advertisement -
Ad image

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ को लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए ।

त्यसअघिल्ला वर्षमा प्राधिकरणले झिलिमिली बत्ती नबाल्न आग्रह गर्दथ्यो भने लक्ष्मी पूजामा पनि लोडसेडिङ हुन्थ्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्