मधेस प्रदेश प्रमुखको जिम्मेवारी बागमती प्रमुख शर्मालाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मधेस प्रदेश प्रमुखको जिम्मेवारी तोकिएको छ । मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र भारत भ्रमणमा जाने भएपछि शर्मालाई सो जिम्मेवारी दिइएको हो । भारतको झारखण्डमा हुने एक कार्यक्रममा सहभागी हुन मिश्र बुधबार त्यता जाँदै छन् ।

कात्तिक ९ गते बुधबारदेखि ११ गतेसम्म प्रदेश प्रमुख मिश्र भारतको झारखण्ड जाने भएपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मधेस प्रदेश प्रमुखको कार्यभार बागमतीका प्रमुख शर्मालाई तोकेकी हुन् ।

- Advertisement -
Ad image

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरेर कात्तिक ९ गतेदेखि ११ गतेसम्म मधेस प्रदेशको कार्यभार बागमती प्रदेश प्रमुख शर्मालाई तोकिएको जानकारी गराएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्