तिहारमा सेलरोटी कसरी पकाउने, सजिलो तरिका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
3 Min Read
Aa

काठमाडौँ – हिन्दू धर्मावलम्वीहरुको दास्रो ठूलो चाड तिहार भित्रिसकेको छ । झिलिमिलीको पर्वसमेत भनिने तिहारमा गुलिया र चिल्ला परिकारहरु बढी खाने गरिन्छ । तिहारको विशेष परिकार हो सेलरोटी ।

तिहारको पाँचौं दिन भाई टिका गरेपछि दिदीबहिनीले आफ्ना दाजुभाईलाई सेल रोटीलगायत बिभिन्न भाईमसलाहरु खान दिने चलन छ ।

आज हामी तपाईंलाई सेलरोटी बनाउने सजिलो तरिका सिकाउँछौं :
सेलरोटी बनाउन चाहिने भाँडाहरु

– गाहिरो, तर सम्म पिँध भएको कराई या ताई । ताकी सेल पकाउँदा राम्रोसँग तैरिन पाओस् ।
– बाँसका दुई कप्टेरा (सिन्का) एक फिट लामो ।
–पानीको बोतल आधा काटेर मुखतिरको भाग (सेल रोटी पकाउँदा तयारी पिठो कराईमा खन्याउनका लागि ।)
–सेल राख्ने नांग्लो या कुनै सामान ।

सेलरोटी बनाउन चाहिने सामाग्री
–चामल खाने व्यक्तिअनुसार । अहिलेलाई साढे दुई किलोको सरदम तयार गरौं । त्यसो त पिठो सीधै बजारमा किन्न पनि पाइन्छ । तर, घरमै चामल भिजाएर बनाएजस्तो राम्रो नहुन सक्छ ।
– पानी या दुध ५०० मिलिलिटर ।
– घ्यु दुई कप
– चिनी दुई कप
– खाना पकाउने तेल एक लिटर
– मैदा एक कप
– खाने सोडासेल (रोटी फुलाउनका लागि हो, नभए पनि फरक चाहिँ पदैन) आधा चम्चा
– अंलैची, ल्वाङ्ग, काजु थोरै ।

सेलरोटी बनाउने बिधि
–चामललाई राम्ररी पखालेर रातभर भिजाउने ।
–भोलिपल्ट चामलबाट पानी हटाउने र त्यसमा एक पटकमा आधा कप चामल, दुई चम्चा चिनी र एक चम्चा घिउ हालेर सिलाउटो वा ग्रान्डरमा पिन्ने ।
–पिनेको पेस्ट राम्रो र लेसिलो हुनुपर्छ । यसरी नै सबै चामल पिन्ने ।
–पिनेको चामलको पेस्टमा आधा कप मैदा हालेर थोरै–थोरै पानी राख्दै मोल्ने ।
–यो पेस्टलाई एक–दुई घन्टा यसै छाडिदिने । यसो गर्दा राम्रोसँग घोलिन्छ ।
–अब आगोमा कराई तताउने । कराई तातेपछि एक–दुई इन्च माथिसम्म आउनेगरी तेल राख्ने ।
–अब तातेको तेलमा काटेको बोलतको सहायताले गोलो हुने गरेर मुछेको तयारी पिठो हाल्ने ।
–सुरुमा सेल गोलो नहुन पनि सक्ने भएकाले कप्टेराको साहेताले त्यसलाई मिलाउनुहोस् ।
–धेरै बाक्लो पेस्टमा पनि राम्रो सेल बन्दैन । पेस्ट पातलो छ भने मैदा वा चामलको पिठो थोरै थपेर फेरि राम्ररी मोल्दा ठिक्क हुन्छ ।
–सेललाई राम्रोसँग पाक्ने गरेर दुबैपट्टि फर्काएर सुनौलो खैरो नहुन्जेल पकाउनुहोस् । अब सेलरोटी तयार भयो ।

प्रतिक्रिया दिनुहोस्

Array