फूलबारी फागुन ५ गते रिलिज हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कथानक चलचित्र ‘फूलबारी’ फागुन ५ गते रिलिज हुने भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ फागुन ५ गते आउने निर्देशक गुरुङले पुष्टि गरेका छन् ।

यो चलचित्रले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा छ । दयाहाङ राई र विपीन कार्की अभिभावक र सन्ताको चरित्रमा छन् । विपीन कार्की अभिभावक र दयाहाङ सन्तानका रूपमा रहेका छन् ।

दयाहाङ र विपीनसँगै प्रियंका कार्की, सिर्जना सुब्बा, अरुणा कार्की, मिरुना मगरलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रको कथा उपेन्द्र सुब्बाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array