तिहार र छठमा मोबाइल बैंकिङको फण्ड ट्रान्सफर निःशुल्क

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
3 Min Read
Aa

‘काठमाडौँ – तिहार र छठ पर्वको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रबर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो अफर ७-१३ कात्तिकसम्म लागु हुनेछ ।

चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका लागि एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा यो अफर लागु गरिएको कनेक्ट आईपीएसले जनाएको छ ।

फण्ड ट्रान्सफर गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी फण्ड ट्रान्सफर वा सेन्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । कनेक्ट आईपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध रहेको छ । उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोबाइल बैकिङमा रहेको कनेक्ट आईपीएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

निःशुल्क फण्ड ट्रान्स्फरको प्रावधानले फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाड पर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

तिहार र छठ पर्वको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रबर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो अफर ७(१३ कात्तिकसम्म लागु हुनेछ ।

चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका लागि एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा यो अफर लागु गरिएको कनेक्ट आईपीएसले जनाएको छ ।

फण्ड ट्रान्सफर गर्नका लागि आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी फण्ड ट्रान्सफर वा सेन्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने हुन्छ । कनेक्ट आईपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध रहेको छ । उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोबाइल बैकिङमा रहेको कनेक्ट आईपीएस मार्फत प्रति दिन प्रति कारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

निःशुल्क फण्ड ट्रान्स्फरको प्रावधानले फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीका लागि मोबाइल बैंकिङको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाड पर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्