प्रिमियर लिग: चेल्सी र युनाइटेडको बराबरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरीमा अंक बाँडेका छन् । खेलको अन्तिममा क्यासेमिरोले हेडर गोल गरेपछि चेल्सी र युनाइटेडले १-१ को बराबरीमा अंक बाँडेका हुन् ।

स्टानफोर्ड ब्रिजमा पहिलो हाफमा कुनै गोल भएन । दोस्रो हाफको ८६ औँ मिनेटमा चेल्सीका लागि जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई अगाडि राखेका थिए ।

- Advertisement -
Ad imageAd image

थप गरिएको समयको ९४ औँ मिनेटमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । तालिकामा चेल्सी २० अंक सहित चौथो र १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्