नेपालको राजदूत भएर काम गर्न पाउनु सम्मानको विषय हो: नवनियुक्त अमेरिकी राजदूत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डीन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। राष्ट्रपति निवासमा शुक्रबार भएको कार्यक्रममा थम्प्सनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

उनले नेपालको राजदूत बनेर काम गर्न पाउनु सम्मानको विषय भएको बताएका छन्। ुनेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो। अमेरिका(नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु,ु उनले भने।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्