निर्वाचित भएको ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बेलायतकी प्रधानमन्त्री लिज ट्रसले बिहीबार पदबाट राजीनामा दिएकी छन । उनी नियुक्त भएको ४५ दिनमा नै बिहीबार सो पदबाट राजीनामा दिएकी हुन । उनले पत्रकारहरूसँग कन्जरभेटिभ पार्टीले जुन म्यान्डेटका साथ आफूलाई निर्वाचित गरेको थियो सो पूरा गर्न नसक्ने अवस्था रहेको बताएकी छन।

उनले वर्तमान स्थिति हेर्दा आफूले जुन प्रतिबद्धता व्यक्त गरेको थिएँ सो पूरा गर्न नसकेको बताइन ।

- Advertisement -
Ad imageAd image

उनले आफू आर्थिक स्थिरता नभएको अवस्थामा प्रधानमन्त्री बनेको उल्लेख गर्दै आफूले कर कम गर्ने सपना देखेको, बलियो अर्थ व्यवस्थाको जग खडा गर्ने कोसिस गरेको भए पनि तिनलाई पूरा गर्न नसक्दा राजीनामा दिनुपरेको बताएकी छन ।

उनले राजा चाल्र्स तृतीयलाई राजीनामाबारे जानकारी गराइसकेको र आगामी साता कन्जरभेटिभ पार्टीको अध्यक्षको निर्वाचन हुने जनाएका छन । बेलायतमा सत्तारूढ दलको अध्यक्ष प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्