काठमाडौं– वीर अस्पतालका चिकित्सकमाथि मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको छ ।
प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हिँडेको अस्पतालको भनाइ छ । उनीहरुले प्रत्यारोपण कार्य तालिका अनुसार एक ५८ वर्षीया महिलाको मिर्गौला निकालेका थिए ।
निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका हुन् । यस घटनापछि बिरामीका आफन्त आकोसित भएका छन् ।
वीर अस्पतालका चिकित्सक प्रत्यारोपण गर्न निकालिएको मिर्गौला अलपत्र छाडेर हिँडे

प्रतिक्रिया दिनुहोस्