सेयर बजारमा सामान्य गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा एक अंकको सामान्य गिरावट आएको छ । साथै बिहीबार बजारमा १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ९० हजारको कारोबार भएको छ ।
नेप्से परिसूचक १.३८ अंकले गिरावट भएर १८४४.१४ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स भने ०.०९ अंकले वृद्धि भएर ३६३.०५ अंकमा बन्द भएको छ ।
नेप्सेमा व्यापार, विकास बैंक र लगानी उपसूचकमा वृद्धि हुँदा अन्य सबै उपसूचकमा भने घटेको छ । लगानीयोग्य स्रोत अभाव र बढ्दो ब्याजदरले गर्दा बजारमा लगानीकर्ता निष्किय बन्दै गएका हुन् । साथै कारोबार रकम पनि न्यून हुँदै गएको छ ।
बिहीबार नेप्सेमा कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो । त्यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छन् । बिहीबार नेप्से सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

नेपालले आयोगको प्रष्टीकरण पत्र नबुझ्दै आयोगले कारबाहीको प्रक्रिया अघि बढाएको समाजवादिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: