रामकुमारी झाँक्रीलाई समर्थन गर्दै बागी उम्मेदवार भुसालले गरे उम्मेदवारी निष्क्रिय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार नेपाली काँग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्। उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको पत्रकार सम्मेलन गरी बताए। गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ।

एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छिन्। झाँक्रीविरुद्ध उम्मेदवारी दिएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताए।

पार्टीको निर्देशानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाँक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि उनले बताए।

उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्न गरिएको पत्रकार सम्मेलनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार झाँक्री र काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी निष्क्रियले सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजय हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array