तिहार र छठलाई लक्षित गर्दै ललितपुरमा फूल मेला हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – तिहार र छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । आगामी बिहीबारदेखि आइतबारसम्म जावलाखेलको खेल मैदानमा मेला आयोजना गर्ने भएको आयोजकले जनाएको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो। तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी गर्न लागेको बताइएको छ। प्रदर्शनीमा ४९ वटा व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल र चारवटा सूचनामुलक स्टल गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने मेलाका संयोजक सीताराम पन्तले बताए।

- Advertisement -
Ad imageAd image

हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजार रुपैयाँसम्मको मालाहरु खपत हुने गरेको एशोसिएसनका अध्यक्ष मिन बहादुर तामाङले जानकारी दिए।

कोभिड १९ महामारीका कारण फूलको उत्पादन घटेपनि हाल नेपाल फूलमा करिब ९१ प्रतिशत आत्मानिर्भर भइसकेको बताइएको छ। यस वर्ष प्रदर्शनीमा ३७ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्नुका साथै ८० लाख सम्मको व्यावसायिक कारोबार हुने आयोजकको अनुमान छ।

प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजाति अन्तर्गत प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्