काठमाडौं– अग्निप्रसाद सापकोटाले सभामुखको हैसियतमा रहँदा पाउने पाउने सरकारी सुविधा सबै फिर्ता गरेर निजी निवास आज नै सरेका छन् । सभामुखको हैसियतमा पाएको सवारी साधन तथा सरकारी आवास फिर्ता गरेर निजी निवासमा फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका हुन् । उनी बस्दै आएको निजी निवास भक्तपुरको कौशलटारमा रहेको छ । सभामुखको हैसियतमा उनी लैनचौरस्थित सरकारी निवासमा बस्दै आएका थिए । संसद् सचिवालयबाट पाएको गाडी, ल्यापटप, मोबाइल तथा ब्रिफकेश बुझाएर उनी निजी निवास फर्किएका हुन् ।
सभामुख सापकोटा द्वारा सरकारी सुविधा त्याग

प्रतिक्रिया दिनुहोस्