चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन निर्वाचन क्षेत्र ३ मा माओवादीबाट डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
भरतपुर अस्पतालको अध्यक्ष रहेका डा अधिकारीलाई राजिनामा गराएर उम्मेदवार बनाउने निणर्य माओवादी केन्द्रले गरेको छ । प्रचण्डले चितवन ३ छाडेर गोरखाबाट निवार्चन लड्ने भएका छन् । डा. अधिकारीको उम्मेदवारीका दर्ताको लागि आवश्यक कागजात जुटाउन पाटिले सहयोग गरिरेहको जानकारी दिएको छ ।
सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ ।
पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि मेडिकल अफिसर थिए ।

प्रतिक्रिया दिनुहोस्