सन्दीप लामिछाने आज नेपाल आउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानले आज बिहीबार नेपाल आउने दोहोर्‍याएका छन्। उनले यसअघि गत शनिबार आफू असोज २० गते नेपाल आउने जानकारी दिएका थिए।

बिहीबार बिहान समाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपु्ग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने जनाएका छन्। क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध एक किशोरीले गत भदौ २१ गते जबरजस्ती करणीको जाहेरी प्रहरीसमक्ष दिएकी थिइन्। प्रहरीले आफूविरुद्ध पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यावसायिक क्रिकेट खेलका लागि सेन्ट लुसियातर्फ लागेका थिए।

- Advertisement -
Ad imageAd image

लामिछानेले बिहीबार बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुग्ने र आफूलाई निर्दोष प्रमाणित गर्न कानुनी लडाइँ लड्ने बताएका छन् । “नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्