रंगेलीस्थित संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

मोरङको पुरानो सदरमुकाम रंगेलीस्थित संसारीमाई मन्दिरमा अहिले फूलपाती वढाई भइरहेको छ । पूर्वी तराईको प्रशिद्ध शक्तिपिठको रुपमा रहेको यो मन्दिरमा आगामी अहिले  ९ वजे देखि प्रदेश १ कै मुल मन्दिरका रुपमा प्रदेशस्तरीय फूलपाती बढाई भइरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा हजारौँको संख्यामा सर्वसाधारण सहितको कलशयात्रा मन्दिर परिसरवाट निस्केर तिन किलोमिटर दुरी तय गर्दै रंगेली वडा नम्बर–६ स्थित स्कुलटोलमा रहेको वेलको रुखमा पुगेर त्यहाँ विधिपूर्वक पुजाआजा गर्ने र पुनः मन्दिरमा आएर फुलपाती भित्र्याउने कार्यक्रम भइरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रहरीले सलामी चढाएका छन्  । समारोहमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई ,संघीय संसदका सदस्य, प्रदेश संसदका सदस्यहरू , प्रदेशका मन्त्रीहरु, राज्यमन्त्री, प्रदेश सरकारका सचिव,रंगेली नगरपालिकाका मेयर सहितका जनप्रतिनिधिहरु लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array