नवरात्रीको चौंथो दिन, माता कुष्माण्डाको बारेमा जानौ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०७९, बिहीबार
4 Min Read
Aa

नवरात्रीको चौंथो दिन आश्विन शुक्ल चतुर्थी तिथि देवीभवानी कुष्माण्डा माताको पूजा तथा आराधना गरिन्छ । माता शैलपुत्रीले चन्द्रमा, ब्रह्मचारिणीले मंगल र चन्द्रभण्टाले शुक्र ग्रहलाई नियन्त्रण गरेजस्तै माता कूष्माण्डाले सूर्य ग्रहलाई नियन्त्रण गर्नुहुन्छ ।

चारैतिर अन्धकारै अन्धकार भएको र सृष्टिको प्रादुर्भाव नै नभएका बेला माताले मन्द मुस्कानद्वारा असंख्य अण्ड अर्थात् अण्डाकार ब्रह्माण्डको रचना गरेका कारण देवीको यस स्वरुपलाई कुष्माण्डा भनिएको हो ।

जब सृष्टि को अस्तित्व थिएन, तब माता कुष्माण्डाले ब्रह्मांडको रचना गर्नुभएको थियो । अतः माता कुष्माण्डा सृष्टि की आदि-स्वरूपा, आदिशक्ति हुनुहुन्छ। माताको निवास सूर्यमंडल भित्रको  लोकमा छ । सूर्यलोकमा रहनसक्ने क्षमता केवल माता कुष्माण्डामा मात्रै छ ।

माता कुष्माण्डाको भक्तिपुर्वक पूजा आराधना गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुन्छ । कूष्माण्डा देवीको लागी मालपुवा प्रसादको रुपमा चडाईन्छ, दान गरिन्छ र आफू पनि खाइन्छ । यस्तो गर्दा बुद्धिको विकास हुन्छ भन्ने शाश्त्रिय मान्यता रहेकोछ ।

माता कुष्माण्डालाई  कुभिण्डोको बलि प्रिय लाग्दछ । संस्कृतमा कुभिण्डोलाई कुष्माण्डा भनिन्छ । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर आज यसको पूजाआजा गर्ने चलन रहेकोछ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

सम्पूर्ण व्रह्माण्डमा व्याप्त सबै जीवित तथा निर्जीव तत्व माता कुष्माण्डाकै कृपाले उत्पन्न भएको हो भन्ने पौराणिक मान्यता रहेको छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

कूष्माण्डा माताको स्वरुप पुराणमा वर्णन गरिए बमोजिम सूर्यका समान तेज र आठ हात छन् । त्यसैले पनि मातालाई अष्ठभूजा पनि भन्ने गरिएको छ । माताको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा रहेको छ भने आठौं हातमा सबै सिद्धि तथा निधि प्रदान गर्ने सक्ने माला रहेको देखिन्छ । कूष्माण्डा माताको बाहन सिंह हो ।

कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिनुभएकोछ । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएकोछ । देवी कुष्माण्डाले व्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका अन्य ग्रन्थहरुमा उल्लेख गरिएकोछ । कुष्माण्डालाई उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

देवीको यस स्वरुपको आरधना गर्दा साधकले अनाकह चक्र (छातिभित्रको नाडी चक्र)मा ध्यान केन्द्रित गर्ने छन् । माताको आरधनाले समस्त रोग र शोकको अन्त्य हुने बताइएको छ । लौकिक र पारलौकिक उन्नति चाहनेका लागि माता कूष्माण्डाको आरधना निकै फलदायी रहने छ ।

श्लोक

सुरासंपूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।

मन्त्र

या देवी सर्वभूतेषु माँ कूष्माण्डा रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
सुरासम्पूर्णकलशं रुधिरास्मृतमेव च ।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु में ।।

या

ॐ ऐं गर्ज गर्ज क्षणं मूढ मधु यावत् पिबाम्यहम् ।
मया त्वयि हतेऽत्रैव गर्जिष्यन्त्याशु देवताः ऐं ॐ ।।

या

ॐ ऐं ततो हाहाकृतं ततो हाहाकृतं सर्वं दैत्यसैन्यं ननाश तत् ।
प्रहर्षं च परं जग्मुः सकला देवतागणाः ऐं ॐ।।

सरल मन्त्र

ॐ कूष्माण्डायै नमः

शत्रु विनाशक मन्त्रः

ॐ ऐं क्षणेन तन्महासैन्यमसुराणां तथाऽम्बिका ।
निन्ये क्षयं यथा वह्निस्तृणदारु महाचयम् ऐं ॐ ।।
ॐ ऐं से नमः सर्वाप्रशमनं त्रैलोक्यस्या खिलेश्वरी ।
एवमेव त्वया कार्यस्मद् वैरिविनाशनम् नमो सें ऐं ॐ ।।
ॐ ऐं विद्यासु शास्त्रेषु विवेकदीपेष्वाद्येषु वाक्येषु च का त्वदन्या ।
ममत्वगर्तेऽतिमहान्धकारे, विभ्रामयत्येतदतीव विश्वम् ऐं ॐ ।।

प्रतिक्रिया दिनुहोस्

Array