सन्दीपविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी, १३५ देशको निगरानीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले रेड नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले सन्दीपविरुद्ध रेड नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

 रेड नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् । आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्ने एक प्रहरी अधिकारीले जानकारी दिए । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् ।

आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लगाउन सकेको छैन । प्रहरी प्रवक्ता टेकप्रसाद राईले सन्दीपको खोजी गर्ने सबै प्रक्रिया अपनाएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

Array