आज सविधान दिवस देशभरी विविध कार्यक्रम गरि मनाइदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– आज सविधान दिवस रहेको छ देशभरी विविध कार्यक्रम गरि मनाइदै छ । असोज ३ गते ०७२ मा संविधान जारी भएको दिन हो। जनताबाट निर्वाचित जनप्रतिनिधिको संविधानसभाबाट संविधान जारी भएको हो । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।
दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ । संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्