२०७४ मा बुझाएको बन्दसूची असोज १ बाट खारेज हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– २०७४ सालमा दलहरुले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते भोलीबाट खारेज हुने भएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारीको बन्दसूची खारेज हुने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै अघिल्लो निर्वाचनको बन्दसूची खारेज भएको जनाएका हुन् ।
‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९÷०६÷०१ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ को पत्र तथा भदौ २९ मा राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझाव दिएको थियो । आयोगले गरेको यो निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array