सेयर बजारमा ब्याजदर वृद्धिको आतंक, बजार उकालो लाग्ने आशामा ब्रेक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– ब्याजदर असोज १ गतेबाट बढ्ने भएपछि सेयर बजार राताम्मै भएको छ । दुई दिन फराकिलो अन्तरले बढेकाले लगानी कर्ताको बजार उकालो लाग्ने आशामा ब्रेक लागेको छ । ब्याजका कारण बजार थप घट्ने भन्दै बेलैमा बिक्री गरेर उम्किनेहरुको सक्रियता अझ बजार घटाउनमा छ । लगानी कर्ताले विक्रिको चाप दिदा नेप्से परिसूचक ५७ अंकले घटेको छ।

विहीबारको फराकिलो गिरावटपछि सेयर बजार १९२४.४८ को विन्दुमा ओर्लिएको हो। यससँगै अघिल्लो वृद्धिको ८३ प्रतिशत अंश बजारले गुमाएको छ। दुई दिनमा ६९ अंक परिसूचक बढेको थियो। तर महिना दिनपछि दुई दिन लगातार दोहोर अंक बढेको सेयर बजारले निरन्तरता पाउन सकेन।

नेपाल बैंकर्स संघले ६ महिनादेखिको सिन्डिकेट खारेज गर्ने निर्णय गरेसँगै ब्याज वृद्धि हुने भएको हो। अब अघिल्लो महिनाको औसतको १० प्रतिशतका दरले ब्याज दर तल वा माथि गर्न पाइन्छ। अब सबै बैंकले ब्याजदर बढाउने मोडमा छन् ।
यसो हुँदा ११.०३ प्रतिशतको निक्षेपको ब्याज १२.१३ प्रतिशत पुग्ने भएको छ। यो असोज १ गतेदेखि लागू हुने ब्याज दर हो। अहिले साधारण मुद्दतिको ब्याज दर ११.०३ प्रतिशत छ। रेमिटेन्समा १२.३ प्रतिशत छ। संस्थागतको अधिकतम १०.५३ प्रतिशत ब्याज छ। अझ बैंक बाहेक अन्य वित्तिय संस्थाहरुको ब्याजदर बढि छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: