बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिन म्याद थप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बरुण हाइड्रोपावर लिमिटेड ले भदौ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ।

यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो। हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते शेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो। यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

TAGGED: