असोज १ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – यातायात व्यवस्था विभागले यात्रुहरुलाई सहज होस् भनेर अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ला गरेको छ । आज यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्येक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ

अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्नेरगराउने, कोभिड(१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने । यसका लागि यात्रुलाई खानारखाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array