सहकालका देवता पुज्ने इन्द्रजात्रा पर्व आजदेखि शुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा बुधबार (आज) बाट सुरु भएको छ । बुधबार हनुमानढोका परिसरमा पूजाआजा गरी इन्द्रध्वजासहितको लिंगो ठड्याइएसँगै जात्रा सुरु भएको हो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रध्वजोत्थान गरी जात्रा शुभारम्भ गरिन् । सो अवसरमा उनले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएकी छन ।

भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्‍याइएको लिंगोलाई बिहान ७ः१५ बजेको साइतमा ठड्याइएको हो । लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजु पल्टन र पञ्चेबाजा समूहले मंगलधुनका साथ तोप पड्काएका थिए ।

इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । हनुमानढोका दरबारक्षेत्रमा कालभैरवको मूर्ति अगाडि धार्मिक विधिपूर्वक उक्त लिङ्गो ठड्याएइन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array