भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाण्डौमा

भ्रमण टोलीमा श्रीमती अर्चना पाण्डे, उत्तर भारत हेर्ने हेडक्वार्टरका प्रमुख मेजर जनरल अनिल चण्डेल, ब्रिगेडियर मुकेश शर्मा, अन्तर्राष्ट्रिय विभाग हेर्ने कर्णेल मन्दिप सिंह लगायत सहभागी छन् ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे काठमाण्डौ आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा पाँच दिने नेपाल भ्रमणका लागि ११ सदस्यीय टोलीको नेतृत्व गर्दै  आज अपराह्न काठमाण्डौ आइपुगेका हुन् ।

भ्रमण टोलीलाई स्वागत गर्न नेपाली सेनाका रथी बालकृष्ण कार्की र उपरथी प्रेमध्वज अधिकारी विमानस्थल पुगेका थिए ।

भ्रमण टोलीमा श्रीमती अर्चना पाण्डे, उत्तर भारत हेर्ने हेडक्वार्टरका प्रमुख मेजर जनरल अनिल चण्डेल, ब्रिगेडियर मुकेश शर्मा, अन्तर्राष्ट्रिय विभाग हेर्ने कर्णेल मन्दिप सिंह लगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

Array