नेपाल वेयरहाउजिङ्गले आइपीओ जारी गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । नेपाल वेयरहाउजिङ्ग कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणहरुका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले विक्री प्रबन्धकमा हिमालयन क्यापिटललाई नियुक्ती गरी सम्झौता गरेको छ ।

सम्झौतामा हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशन कम्पनी नेपाल वेयरहाउजिङ्ग कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले हस्ताक्षर गरेका छन ।

नेपाल वेयरहाउजिङ्ग कम्पनी आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाईनान्सीङ्गमा समन्वय गर्ने उद्देश्यले स्थापित संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

Array