श्रृजनशील लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रराम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री बन्द हुने भएको छ । भदौ १५ गते बुधबारदेखि बिक्री खुला भएको उक्त आईपीओमा आवेदन दिने आज अन्तिम रहेको छ ।

लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने सेयर जारी गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्काशन तथा बिक्री खुला गरेको छ । इच्छुक लगानीकर्ताले मेरो सेयर एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।

लघुवित्तले आईपीओ निष्काशन प्रयोजनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तको सेयरलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग’ दिएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array