खलङ्गामा हमला: जुम्ला एक दिन नोट कमाउने जिल्ला बन्नेछ

पुस्तक समिक्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०७९, शनिबार
6 Min Read
Aa
Highlights

मलिना खड्का

कोरोनाको कहर अनि फुर्सदको समयमा पुस्तक पढ्ने समय मिलेको थियो । खलङ्गामा हमला पुस्तकले मलाई पुराना दिनहरुलाई सम्झना दिलाउनको साथमा अहिले यो ठाउँसम्म आईपुगेको दिनलाई विश्लेषण गर्नको लागि मद्धत पु¥याएको छ ।
खलङ्गामा हमला राधा पौडेलद्वारा लिखित वि.स. २०७० मा मदन पुरस्कार विजेता पुस्तक हो । यो पुस्तक नेपालको विकट जिल्ला जुम्लाको कथा, व्यथाहरूलाई समेटी उपन्यासको रुपमा प्रकाशित छ ।
पुस्तक खलङ्गमा हमलाको लेखिका राधा पौडेल पेशाले एक नर्स हुन् । उनी आफ्नो बुबाका आँखाबाट जुम्लाको कथा देख्छिन् । त्यहाँको गरिबी र अभावको कल्पना गर्छिन् । एक सम्पनाता अवस्था त्यागेर जुम्लाको समृद्धिको सपनामा केही भएपनि मलहम लगाउने अठोट बोकी एक्लै यात्रा तय गर्छिन् । काठमाडौंको सबै सुविधा त्यागेर यो यात्रालाई निरन्तरता दिनु धेरै स्रहानीय कार्य हो ।
पढेलेखेका युवाहरूको सपना भनेको पढाई पूरा गरिसकेपछि कि पैसा कमाउन विदेश लाग्नु कि त सहर पस्नु नै हो । यस्तै देखिन्छ । तर लेखिका राधा पौड्ेल आफ्नो भएको स्थायी जागिर पनि छोडर जुम्ला गएर सेवा गरेको थिइन, जुन विषयले पाठकको साह्रै मन छुन्छ ।
यस पुस्तकमा जुम्लाको जनजीवन, गरिबी तथा द्वन्द्वका बेला भोगेका घटनाहरूलाई विस्तारित वर्णन गरिएको छ । निदाएर सपना त जसले पनि देख्छ तर त्यसलाई पुरा गर्न जो निदाउँदैन त्यो नै मानिसको वास्तविक सपना हो । घरबाट एक पाइला अघि बढ्न लाग्दा पनि पुरुषको साथ चाहिन्छ भन्ने समाजलाई उनले एक लामो यात्रा तय गरेर चुनौती पनि दिएकी छिन् भने यस्तै कार्यमा लाग्ने महिलाको लागि प्रेरणा पात्र पनि बनेकी छिन् ।
द्वन्द्वको समयमा पनि आफ्नो जीवनलाई दाउमा राखि जुम्लाबासीको घाउमा मलाम लगाउन सक्नु भनेको धेरै नै हिम्मत चाहिन्छ । त्यो साहस लेखिकामा देखिन्छ । मानिस आफ्नो स्वार्थका लागि सपना देख्ने गर्छन् तर गरिबहरूले देख्ने सपना पुरा गर्न त कसैले पनि एक पाइला हिम्मत गरेर अघि बढाउन गाह्रो नै हुन्छ । आफूले यर्थाथतामा उतारेर, ती गरेका कामलाई, देखेका विषयलाई मसिनो र सरल रुपमा लेखिकाले आफ्नो पुस्तकका व्याख्या गरेकिा छिन् ।
जुम्लालाई आफ्नै देशका मानिसहरूले पनि परदेशको जस्तो व्यवहार गरेको र प्राकृतिक स्रोतले भरिपूर्ण जुम्ला तर त्यसको सही उपयोग गर्न नजान्दाको परिणामको बारेमा लेखिकाले विशेष जोड दिएकी छिन् । गरिब हुनु, दलित हुनु, टुहुरो हुनु वाध्यता हो । कसैको चाहना पनि हैन । शुलभ ठाउँहरूमा महिलाले भोग्नु परेको स्वास्थ्य स्थिति नाजुक छ भने झन् जुम्लाको महिलाको स्वास्थ्य अवस्था कस्तो होला ? गरिब र दलित समुदायको अवस्था कस्तो होला ? यी विषयलाई सरल रुपमा उनले पुस्तकमा उतारेकी छिन् । स्वास्थ्य स्थितिमा जुम्ला झन गरिब छ त्यहाँको मानिसहरूको आयु औषतमा ३७ वर्ष मात्र रहेछ ।
लेखिका डिएफआइडीको सुरक्षित मातृत्व कार्यक्रममार्फत त्यहाँ पुगेकी हुन्छिन् । जुम्लाको मानिसहरूको जिवनशैली, संस्कृति, रितिरिवाज, भाषा, प्राकृति स्रोत, व्यवस्थापन, जागिरे शैली, स्वास्थ्य अवस्था, सबै विषयवस्तुलाई आफैंले देखेर, अनुभव गरेर पुस्तकका उतारेकी छिन् ।
उनी लेख्छिन्, चेतनाको कमिले त्यहाँका मानिसहरूले गरिबीको परकाष्ठा भोग्नु परेको छ । यार्सागुम्बा, गुची च्याउ, जस्ता धेरै जडीबुटिको खानी छ, तर मानिसहरूमा यस्ता अमूल्य जडिबुटिको मूल्य थाहा नपाउँदा गरिबी र अभावमा बाँचेका छन् ।
जुम्लाका जनताहरू सशस्त्र द्वन्द्वको समयमा सरकार र माओवादी दुवै तर्र्फबाट पीडित थिए । यहाँको जनताहरू कष्ठकर जीवन विताइरहेका थिए । उनीहरू कहिले सुराकीको नाममा सेना बाट कुटिन्थे भने कहिले माओवादीको तर्फबाट । तत्कालिन समय यस्तो थियो की कामको सिलसिलामा सदरमुकाम जानु पर्दा माओवादीको अनुमति लिनु पथ्र्याे । सो कुरा सेनाले थाहा पाएमा ज्यान जोखिममा हुन्थ्यो । द्वन्द्वको बेलामा जुम्लाबासीको जीवन झन झन कष्ठकर भएको विषयलाई सविस्तामार वर्णन गरिएको छ ।
लेखिका पौडेल लेख्छिन्, द्वन्द्वले यहाँका मानिसहरूको स्वतन्त्रताका साथ बाँच्न पाउने अधिकार खोस्यो । लेखिकाले द्वन्द्व के हो ? र कसरी भयो ? भन्ने कुरा आफ्नै आँखै अगाडि देखिन्, भग्नावशेष भवन र मानिसहरूको लासहरू देखिन र भोगिन्, यी विषयलाई उनले पुस्तकमा उतारेकी छिन् ।
उनी एउटी महिला भएर पनि जिल्लामा एक सुविधायुक्त अस्पताल बनाउने सपनालाई साकार गर्नको लागि द्वन्द्वको अवस्था पनि हरबखत खटिएको कुरा लेखेकी छिन् ।
पुस्तकको सार भनेको खलङ्गामा भएको भिडन्त र हमला र त्यसको प्रत्यक्षदर्शी हुँदा आफ्नो मानसिकतामा परेको असरलाई उनले पुस्तकका सविस्तार वर्णन गरेकी छिन् । सो घटना पछि फेरी जुम्लामा गएर अस्पताल बनाउने कार्यलाई निरन्तर दिएकी थिइन् । २०६१ सालमा अपरेसन कक्ष सहितको अस्पातल बनाएर आफ्नो सपनालाई साकार गरेकी र सो क्षण अति नै खुसी लागेको कुरा लेखेकी छिन् ।
अन्त्यमा, उनले आफ्ना् आमाले भोगेका जिन्दगीको थोरै व्याख्या गरेकी छन् भने हाम्रो रीतिसंस्कृतिको बारेमा पनि लेखेकी छन् । आमाबाबुले छोरा जन्माएन भने बैतर्नी नदी पार गर्न सक्दैनन् र उनी नर्कको बास गर्नु पर्छ भन्ने सोंचलाई चुनौती दिँदै त्यसको आलोचना गरेकी छिन् । उनले आमाको अन्तिम इच्छालाई पूरा गर्नको लागि मृत्यु पछिको संस्कारको लागि समाजको विरुद्धमा गएर आमाको चितालाई दागबत्ति दिएकी कुरा उल्लेख गरेकी छिन् । आमाबाबुको नामबाट दलित विद्यार्थीको लागि छात्रवृत्ति कोष स्थापना गरेको कुरा पनि छिन् । उनले २०१७ सालमा बुबा हिडेर जुम्ला पुगेका कथा सुनेर प्रेरणा पाएकी हुँदा २०७० सालमा हवाई जहाज चढाएर फेरी जुम्ला घुमाएकी थिइन् ।
लेखिका राधा पौडेले लेख्छिन्, उज्जल भविष्य भनेको पैसा भएको मानिसले मात्र देख्ने सपना हो, गरिबहरूको लागि भनेको त पेटभरि कसरी खान सकिन्छ भन्ने मात्र सपना हुन्छ । त्यहाँ अहिले पनि यी अभाव र समस्याहरू मानिसहरूको नियति नै छ । तर, उनी लेख्छिन्, जुम्ला एक दिन नोट कमाउने जिल्ला बन्नेछ र जुम्लाले पनि कोल्टे फेर्ने विश्वास लेखिकाको छ ।

प्रतिक्रिया दिनुहोस्

Array