डोल्टी पावर कम्पनीले सर्वसाधारणमा प्राथामिक सेयर जारी गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
डोल्टी पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथामिक सेयर जारी गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरिसकेको छ। १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ जारी गर्ने अनुमति माग गर्दै बोर्डमा कम्पनीले आवेदन दिएको जानकारी धितोपत्र बोर्डले दिएको छ ।बोर्डबाट अनुमति पाएपछी कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि प्राथमिक निष्कासन जारी गर्ने भएको छ । यस कम्पनीले प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: